Article पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?

Article पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ? पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो युनिसेफ कोरोना भाइरस (कोभिड –१९)को महामारीका कारण दिनभरी घरमा बस्न बाध्य बालबालिकालाई विद्यालयमा सिकाइने कुरा अहिले अभिभावकले घरमै सिकाउनु पर्ने अवस्था आइपरेको छ । कक्षा एक भन्दा माथिका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक भएका हुनाले के सिकाउने प्रष्ट छ । तर पूर्व प्राथमिक कक्षाका बालबालिकाका लागि पाठ्यपुस्तक आवश्यक नपर्ने हुँदा यी बालबालिकाले के सिक्नुपर्छ भन्ने बारेमा थप खोतल्नु पर्ने देखिन्छ । यही सन्दर्भमा यो लेख लेखिएको हो । के हो पूर्व प्राथमिक कक्षा ? २०५८ सालको शिक्षा ऐनको सातौ संशोधन अनुसार एक वर्षे पूर्व प्राथमिक शिक्षालाई नेपाल सरकारले मान्यता दिएको देखिन्छ । २०७५ सालको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी बनेको विधेयकमा चार वर्ष (४८ महिना) पूरा गरेका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको शिक्षालाई पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकास तथा शिक्षा भनिएको छ । नेपाल सरकारबाट एक वर्षकालागि मात्र मान्यता दिइएतापनि बालबालिकाको प्रारम्भिक बालविकास तथा स्याहारसँग जोड्दै, समूदायको चाहना तथा माग अनुसार सामुदायिक विद्यालयमा दुई वर्ष र नीजि विद्यालयमा चार वर्षसम्म प्रारम्भिक बालविकास कार्यक्रम भित्र पूर्व प्राथमिक कक्षा सञ्चालन भइरहेको छ । २०६२मा स्वीक्रित प्रारम्भिक बालविकास दिग्दर्शन (पाठ्यक्रम)का अनुसार पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो ।

Comments

Popular posts from this blog

नव बर्ष २०८२ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नव बर्ष २०८२

नव बर्ष २०८२ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।