रास्वपा प्रमुख सचेतक परियार चढेको गाडी जलाइयो

काठमाडौँ —रास्वपा प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी राजवादीले जलाइदिएका छन् । संसद्‌ भवनबाट भक्तपुरस्थित घर फर्किंदै गर्दा बालकुमारीमा प्रदर्शनकारीले आफूलाई बाहिर निकालेर गाडी जलाइदिएको उनले बताए ।शुक्रबार दिउँसो करिब ४ बजे जलाइएको उक्त गाडी परियारलाई संसद्‌ले उपलब्ध गराएको हो । राजावादीको आन्दोलनका क्रममा झडप भएपछि तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । कर्फ्यु छल्न भित्री बाटो प्रयोग गरेर बालकुमारी पुगेका प्रमुख सचेतक परियारको गाडी जलाइएको हो । प्रहरी र प्रदर्शनकारी झडपमा एक जनाको प्रहरीको गोली लागी मृत्यु भएको छ । केही घाइतेको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित भीडले निजी घर, सरकारी गाडी, कार्यालय र सञ्चार गृहमा समेत तोडफोड र आगजनी गरेका छन् ।

Comments

Popular posts from this blog

नव बर्ष २०८२ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नव बर्ष २०८२

नव बर्ष २०८२ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।