राजावादी आन्दोलनमा गोली लागेका ७ को उपचार जारी, १ को अवस्था चिन्ताजनक चैत्र १५, २०८१कान्तिपुर संवाददाता
राजावादी आन्दोलनमा गोली लागेका ७ को उपचार जारी, १ को अवस्था चिन्ताजनक
चैत्र १५, २०८१कान्तिपुर संवाददाता
राजावादी आन्दोलनमा गोली लागेका ७ को उपचार जारी, १ को अवस्था चिन्ताजनक
Read in English
995
shares
काठमाडौँ —राजावादीको आन्दोलनका क्रममा शुक्रबार तीनकुनेमा प्रहरीसँगको झडपमा परी घाइते भएका ७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्राप्त जानकारी अनुसार सिभिल अस्पतालमा ५ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २ घाइतेको उपचार जारी छ ।
Advertisement
सिभिलका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार गोली लागेका ५ जना घाइतेको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनले ती सबैको कम्मर मुनिको भागमा गोली लागेको र अवस्था स्थिर रहेको बताए ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार त्यहाँ पनि गोली लागेका दुई जना घाइतेको उपचार भइरहेको छ । तीमध्ये पेटमा गोली लागेका एक जनाको अवस्था भने चिन्ताजनक रहेको छ । उनको आकस्मिक शल्यक्रिया भइरहेको निर्देशक रिजालले बताए । ट्रमा रहेका अर्का एक जनाको भने कुममा उपचार गोली लागेको छ ।
Comments
Post a Comment