तीनकुने घटनाको निष्पक्ष छानविन गराउन राप्रपाको माग
काठमाडौँ —राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार राजावादीहरूले गरेको आन्दोलनमा भएका घटनाहरूको निष्पक्ष छानबिनको माग गरेको छ । घटना छानबिनका लागि स्वतन्त्र न्यायीक आयोग बन्नुपर्ने राप्रपाको माग छ ।पार्टी कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा भड्किनुको कारण खोजी हुनुपर्ने बताएका छन् । ‘कसका कारणले हिंसा भड्किएको हो ? त्यो स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि नागरिक र मानवअधिकारवादीको निष्पक्ष आयोग पनि बन्नुपर्छ । सरकारले पनि न्यायीक आयोग गठन गरोस् ।’
राप्रपाले पार्टीका नेता रवीन्द्र मिश्र, धवलशमेशर राणाको रिहाईको मागसमेत गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी नेताहरूको बिनासर्त २४ घण्टाभित्र रिहाईको माग लिङ्देनले गरे । उनले नेताहरूको रिहाई नगरिए राप्रपा देशभर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।
Comments
Post a Comment