बालसाहित्य साहित्यको यस्तो विधा हो

बालसाहित्य साहित्यको यस्तो विधा हो जसको प्राथमिक पाठक, दर्शक, श्रोता (अडियन्स) बालबालिका हुन् । तैपनि यो विधाका अधिकांश कृतिहरु प्रौढहरूले पनि आनन्द मानेर पढ्छन् । बालसाहित्यमा के हुन्छ के हुँदैन भन्ने विषयमा केही विवाद नभएको होइन । तैपनि सामान्यतया बालबालिका आफैले रोजेर पढ्ने साहित्यिक सामग्री र अभिभावक, शिक्षक तथा विशेषज्ञहरूले 'बालबालिकाका लागि उपयुक्त' भनेर छुट्याएका साहित्यिक सामग्रीलाई बालसाहित्य भन्न सकिन्छ । डिक्स्नरी अफ एजुकेसनमा बालसाहित्यलाई यसरी परिभाषित गरिएको छः १) बालबालिकाका लागि विशेषज्ञहरुद्वारा लेखिएको उच्च गुणस्तरको प्रकाशित पाठ्य सामग्री । २) उच्च गुणस्तरको र धेरै समयसम्म चल्ने बालबालिकाले मन पराउने प्रकाशित पाठ्य सामग्री । ३) बालबालिकाको उपयोगको लागि प्राप्य सबै मुद्रित सामग्री । नेपाली बाल-विश्वकोषमा बालसाहित्यको परिचय यसरी दिइएको छः "बालबालिकाको साहित्य नै बालसा बाल बालसाहित्यको परिच बालसाहित्यको परिचय यसरी दिइएको छः "बालबालिकाको साहित्य नै बालसाहित्य होय यसरी दिइएको छः "बालबालिकाको साहित्य नै बालसाहित्य होसाहित्यको परिचय यसरी दिइएको छः "बालबालिकाको साहित्य नै बालसाहित्य होहित्य हो । 'बालसाहित्य' शब्दको प्रयोग दुइ अर्थमा गरिन्छः पहिलो बालबालिकाले लेखेको साहित्य र दोस्रो बालबालिकाका निम्ति अरुले लेखेको साहित्य । ..... बालबालिकाका निम्ति प्रकाशित अरु सबै किसिमका रचनालाई 'बालसाहित्य' भन्ने चलन छ ।" [१] बालसाहित्य र अन्य साहित्यबीच एउटा मुख्य फरक चित्रमा देखिन्छ । बालसाहित्यका पुस्तकहरूमा चित्र हुन्छन् । जति सानो उमेर समूहको लागि हो त्यति ठूला र धेरै चित्र राखिएका हुन्छन् । कसैले बालबालिकाका लागि भनेर किटान गरेर सिर्जना गरेको साहित्यलाई नै बालसाहित्य भन्नुपर्छ भन्छन् । तैपनि, पहिलेपहिले मूल रूपमा प्रौढहरुका लागि भनेर छुट्याइएका कतिपय कृतिहरु अहिले बालबालिकाका लागि हुन् भनेर मानिएको छ । 'एलिस इन वण्डरलैण्ड', 'एडभेर्न्चर्स अफ हक्कलबेरीफिन', यस्तै कथा हुन् । यसको विपरीत पहिले बालबालिकाका लागि भनेर छुट्याइएका कतिपय कृतिहरु पछि प्रौढहरुका लागि भनेर सिफारिस गरिएका पनि छन् । कतिपय कृतिहरु विवादमा परेर कुनै पनि उमेर समूहका लागि भनेर छुट्याउन सकिएको छैन भने कतिपय कृतिहरु बालबालिका, किशोर र प्रौढ, तीनै वर्गका लागि भनेर बजारमा विक्री भइरहेका पनि छन् । 'गुलिभर्स ट्राभल्स' जस्ता प्रौढका लागि लेखिएका कतिपय कृतिहरु सम्पादन गरेर बालबालिकाका लागि तयार गरिएका छन् । समालोचक राजेन्द्र सुवेदीका अनुसार, "बालसाहित्यको सृजना बालकको उमेरको हद, ग्रहणशीलता, परखक्षमता, मनोवैज्ञानिक विकास आदिलाई दृष्टि दिएर गरिएको हुनुपर्छ । त्यस्तो साहित्यिक रचना नै बालसाहित्य हो । ..... विद्यालयस्तरका बालबालिकाको मानसिक अवस्था र बौद्धिक तहलाई दृष्टि दिएर स्रष्टाले सृजना गरेको कृति बालसाहित्य हो । बालकहरूले आत्मसात् गर्न सक्ने विषय, भाव, कला, शिल्प र प्रस्तुतीकरणका आधारमा रचित साहित्य बालसाहित्य हो । बालसाहित्यको विषय क्षेत्र व्यापक छ, बालसाहित्य शब्दको सीमा व्यापक छ । ..... समाज, जीवन र परिवेशलाई सुहाउने र यथार्थ ढङ्गले सोच्न सकिने रुप प्रदान गरेर लोकसाहित्य, पौराणिक र वैज्ञानिक एवं सामाजिक विषयस्रोतका वस्तुलाई बाल्य-उपभोक्ता बजारको उपयोगी, रोचक, आकर्ष र कौतुकतापूर्ण शिल्पमा शिक्षाप्रद बनाएर प्रस्तुत गरिने सामग्री नै बालसाहित्य हो ।" [२] पुस्तक व्यवसायी तथा बाल विशेषज्ञहरूले बालसाहित्यलाई उमेरको आधारमा धेरै वर्गमा विभाजन गरेका छन् । संयुक्त राज्य अमेरिकाका पुस्तक प्रकाशकहरूले बालसाहित्यलाई 'प्रि-रिर्डस' (५ वर्षम्मका), 'अर्ली रिर्डस' (५-७ वर्षम्मका), 'च्याप्टर बुक्स' (७-११ वर्षम्मका), र 'यंग अडल्टस्' (किशोरहरु) भनेर चार उमेर समूहमा बाँडेका छन् । कहिलेकाहीँ ७ देखि ११ वर्षउमेर समूहलाई पनि ७ देखि ९ र ९ देखि ११ वर्षउमेर समूहमा उपविभाजन गरिन्छ । तैपनि कतिपय अवस्थामा उमेर समूह छुट्याउने तरिका त्यति स्पष्ट हुँदैन । तर सामान्यतया साना बालबालिकाका लागि छापिने किताबमा ठूलाठूला र धेरै चित्र हुन्छन् भने माथिल्लो उमेर समूह वा किशोरहरुका लागि चित्रमा त्यति जोड दिइँदैन । सामान्य नियमअनुसार कथाको मानव नायक वा मुख्य मानव पात्रको उमेरभन्दा पाठकको उमेर एकदेखि तीनवर्ष कम हुन्छ । तर सबैमा यो नियम लागू हुँदैन । बालसाहित्यमा चित्रको प्रचूरता हुने हुँदा बालसाहित्य सर्जकहरु कलाकारसँगै मिलेर साहित्य सिर्जना गर्ने प्रचलन बढिरहको छ । मुद्रित बालसाहित्य शब्द र चित्रको मेल हो । दुबैको समन्वय नभई प्रभावकारी बालसाहित्य प्रस्तुत गर्न गाह्रो हुन्छ ।

Comments

Popular posts from this blog

Digital marketing

Koshi River is one of the largest and most important rivers in Nepal and northern