राजावादीको आन्दोलन : ४ प्रहरी गम्भीर घाइते, २३ प्रदर्शनकारी घाइते

काठमाडौँ —तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा ४ जना प्रहरी गम्भीर घाइते भएका छन् काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार आन्दोलनमा २३ प्रदर्शनकारी घाइते भएका छन् ।गम्भीर घाइते भएका सबै प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने घाइते प्रदर्शनकारीको भने अन्य सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार आन्दोलनकारीहरुले १ प्रहरीको गाडीमा आगजनी गरेका छन् भने प्रहरीका २ गाडीमा तोडफोड गरेका छन् । प्रहरीले साँझसम्म हिसांत्मक गतिविधिमा संग्लन १७ जनालाई नियन्त्रणमा लिएका छन् । गृह मन्त्रालयका अनुसार ८ भन्दा धेरै सरकारी सवारी साधनमा आगजनी भएको छ ।

Comments

Popular posts from this blog

Digital marketing

Koshi River is one of the largest and most important rivers in Nepal and northern